दिवस गुरुङले आत्महत्या गरेको हुनसक्ने पुलिसको भनाइ

IMG-20230410-WA0169.jpg

गान्तोक: सिक्किम पुलिसले आज पत्रकार सम्मेलन गरेर १४ वर्षीय किशोर दिवस गुरुङको कङ्काल फेला परेको घटनाबारे विस्तृत जानकारी दिएको छ। गान्तोक जिल्लाका एसपी तेञ्डिङ लोडेन लेप्चा लगायत अन्य पुलिस अधिकारीको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा किशोर दिवस गुरुङ हराएको लगभग नौ महिनापछि उनको कङ्काल फेला पारेको जानकारी दिएको छ। एसपी तेञ्जिङ लोडेन लेप्चाले बताए अनुसार, किशोर दिवस गुरुङ १७ जुलाई, २०२२ का दिन गान्तोकको लिदिङ अवस्थित एउटा होस्टेलबाट बेपत्ता भएका थिए जसको नौ महिनापछि २४ अप्रेलका दिन गान्तोकको इञ्चे स्कूल नजिकको जङ्गलबाट कङ्काल फेला पारिएको छ। आफ्ना दाजुसँगै विद्यालयको होस्टेलमा बस्दै आएका दिवस गुरुङ १७ जुलाईको बिहान लगभग ११ बजी होस्टेबाट निस्किएका थिए भने उनलाई अन्तिमपल्ट चाँदमारीको पेट्रोल पम्प नजिक देखिएको थियो भन्ने बताइएको छ। उनले यसै दिन आत्महत्या गरेको हुनसक्ने पुलिसले बताएको छ। अहिले कङ्काल मात्र भेटिएको र यसको पोस्टमार्टम गरेर रिपोर्ट पत्तो लगाउन सक्ने स्थिति नरहेका कारण मृतककी आमाले दिएको बयानका आधारमा किशोरले आत्महत्या नै गरेको हुनसक्ने पुलिसको भनाइ छ। अर्कोतर्फ, किशोरको ट्राउजर पनि रूखमा झुण्डिएको अवस्थामा फेला परेकाले पनि यो घटना आत्महत्याको हुनसक्ने बताइएको छ। यसबारे विस्तृत जानकारी संग्रह गर्न पुलिसले कङ्कालको डीएनए टेस्ट पनि गराउन पठाएको जानकारी दिएको छ।
एसपी लप्चाले बताए अनुसार, दिलिप गुरुङ र सुशीला गुरुङका छोरा दिवस गुरुङ लिङ्दिङ स्कूलका विद्यार्थी थिए र आफ्नै दाज्यूसँग विद्यालयको होस्टेलमा बस्दै आएका थिए। मृत्ककी आमाले दिएको बयानलाई आधार बनाएर पुलिसले बताएअनुसार, बेपत्ता हुनभन्दा डेढ महिना अघिदेखि नै दिवस गुरुङको व्यवहारमा परिवर्तन देखिएको थियो। उनमा रिस उठ्ने, एक्लै बस्न मन गर्ने र घरी घरी विमारी भएको शिकायत गर्ने जस्ता व्यहार देखिएपछि २२ अप्रेल, २०२२ मा चेकअपको लागि अस्पताल लगेर उनको आँखा जाँच, सीटी स्क्यान र एमआरआई पनि गरिएको थियो, जसमा रिपोर्ट सामान्य थियो। नौ महिना पछि स्थानीय सडकमा काम गर्दै गरेका मानिसहरूले जङ्गलमा कङ्काल देखेपछि पुलिसलाई जानकारी दिएर जाँच गर्दा दिवस गुरुङले आत्महत्या गरेको हो भन्ने निस्कर्षमा पुगेको पुलिसले बताएको छ। यस घटनालाई लिएर पुलिसले आफ्नो जाँच कार्यलाई जारी राखेको बताएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *