बंगालमा एसटीएफले एक आतंकीलाई पक्राउ गर्यो

arrested-1639655671.jpg

कोलकाता: एक आतङ्कीलाई पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ)ले पक्राउ गरेको छ। उसको नाम नसीमुद्दीन हो। एसटीएफका एसपी इन्द्रजीत बसुले मंगलवार बताए, नसीमुद्दीनलाई आजहुली जिल्लाको दादपुरमा एक गुप्त ठेगानाबाट पक्राउ गरियो। आतङ्की यहाँ लामो समयदेखि सुरक्षा एजेन्सीहरूदेखि लुकेर बसिरहेको थियो। गत साल अगस्तमा शासन थानामा प्राथमिकी दर्ता भएको थियो। तबदेखि आतङ्की फरार हिँडिरहेको थियो । उसको सम्बन्ध बांग्लादेश र पाकिस्तानका धेरै आतङ्की संगठनहरूसित छ। आतङ्कीसित सोधपुछ जारी छ।
यद्यपि, इन्द्रजीतले आतङ्की कुन आतङ्की संगठनसित जुड़ेको छ, यसबारे केही बताएनन्। उनले भने, अहिले यूएपीएको धाराहरू अन्तर्गत मामिला दर्ता गरी कानूनी कारबाही शुरू गरिएको छ। भारतीय दण्ड विधानको सीआरपीसीको धाराहरू अन्तर्गत पनि मामिला दर्ता भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement