खरसाङ कलेजमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

IMG-20230425-WA0259.jpg

खरसाङ: खरसाङ कलेजको पहलमा छैठौं सत्रका विद्यार्थीहरूलाई लिएर कमन युनिभर्सिटीको इन्ट्रेन्स टेस्ट-पीजी- २०२३ विषयमा एक अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो। कलेजका प्राचार्य डा समीर बलको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाली विभागबाट प्राध्यापक गङ्गाप्रसाद शर्मा उपस्थित थिए। केन्द्रीय विश्वविद्यालय अधीन स्नातकोत्तर तहको पठन-पाठनको निम्ति गत वर्षदेखि अनिवार्य रूपमा सीयूयीटी (CUET) उर्तीण गर्नु भएको हुँदा यस वर्ष हुने उक्त परीक्षालाई ध्यानमा राख्दै सीयूयीटी-पीजी-२०२३ का लागि चाहिने योग्यता मापदण्ड, आवेदन प्रक्रिया, परीक्षा ढाँचा र सीयूयीटी-पीजी-२०२३ को पाठ्यक्रम बारेमा सङ्क्षिप्त जानकारी प्रदान गर्ने उद्देश्यले विद्यार्थीहरूको मार्गदर्शनको निम्ति आज विधिवत् कार्यक्रमबीच उक्त कक्षाको आरम्भ गरियो। सीयूयीटी कक्षा सञ्चालन एससी एसटी सेल, माइनोरिटी सेल र खरसाङ कलेजको समान अवसर सेलद्वारा संयुक्त रूपमा गर्ने भएको छ। यसै कार्यक्रमबीच कक्षा सञ्चालनको तालिका पनि निर्धारित गरियो। एससी एसटी सेल, माइनोरिटी सेलका भारप्राप्त अधिकारी प्राध्यापक दावा शेर्पाले यस कक्षाबारे बोल्दै यस कक्षाले सीयूयीटी-पीजी-२०२३ को प्रवेश परीक्षाका लागि आवश्यक विषयहरू र सीपहरू समेट्नेछन् र विद्यार्थीहरूलाई परीक्षामा उत्कृष्ट प्रदर्शन प्रस्तुतिका लागि सुधार गर्न मद्दत गर्नेछ भनी बताए। प्राध्यापक सतीश तामाङले सञ्चालन गरेको कार्यक्रममा सीयूयीटी-पीजी-२०२३ सम्बन्धी केन्द्रीय विश्वविद्यालयको शुल्क र विभिन्न सरकारी छात्रवृत्तिहरू बारेमा जानकारीमूलक विस्तृत प्रस्तुति प्राध्यापक दिपेन शेर्पा, प्राध्यापक विश्वदीप बम्जन र प्राध्यापक दावा शेर्पाले क्रमशः राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement