धारिलो हतियार प्रहार गरी स्वास्नीको हत्या गर्ने प्रयास, आरोपित लोग्ने फरार

6a387f43-74ce-435e-bfe7-de9c6600fab8

सिलगढी:लोग्नेले आफ्नै स्वास्नीलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने प्रयास गरेको आरोप लागेको छ। यस घटनाले शान्तिनगर बौबजार क्षेत्रमा सनसनी फैलिएको छ। श्रोतका अनुसार, पूजा मण्डल नामक गृहिणीलाई गम्भीर घाइते अवस्थामा सिलगढी जिल्ला अस्पतालमा भर्ना गरिएको छ। घटना लगत्तै आरोपी पति अमुल्य मण्डल फरार भएका छन्।

मंगलबार दिउँसो पति–पत्नीबीच मोबाइल फोनलाई लिएर झगडा भएको बताइएको छ। त्यसपछि आरोपी लोग्नेले आफ्नो स्वास्नीमाथि धारिलो हतियार प्रहार गरे। लगातारको प्रहारपछि परिवारका अन्य सदस्यहरूले यो थाहा पाए र गम्भीर अवस्थामा गृहिणीलाई बचाएपछि उनलाई सिलगढी जिल्ला अस्पतालमा भर्ती गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *