रोग कष्ट र प्राकृतिक प्रकोपबाट बाँच्न संसारी धुर पूजा

5e182a28-a11d-4a69-8cd5-b62361bc9a47

कालचिनीः भौतिक रुपमा मानिसहरू जति नै विकसित भएता पनि दैविक शक्ति र प्राक्रतिक पूजाप्रति आजसम्म उतिकै आस्था राख्न मानिसहरूले छाड़ेका छैनन्। चियाबारी गाउँ बस्तीहरूमा परापूर्वकालदेखि नै गाउँले समुदायले सालमा एक दुईचोटी प्रकृति पूजाको रुपमा संसारी अर्थात धुर पूजा गर्दै आइरहेको छ। यसै क्रममा कालचिनी खण्डको मेचपाड़ा ८ नम्बर गाउँमा सोमबार गाउँले झाँक्री टुरु खड़ियाको उपस्थितिमा कमानको एकान्त ठाउँमा धुर पूजा सम्पन्न गऱ्यो। उक्त पूजाको व्यवस्थापनमा कमानका प्रबन्धनपक्षले पनि अप्रत्यक्ष मदत पुऱ्याउँदै आइरहेको र कमानको श्रमिकहरूको सक्रियतामा सो पूजा सम्पन्न हुँदै आईरहेको छ। सो धुर पूजालाई संसारी पूजा पनि भन्ने चलन रहेकोले पूजामा काँचो फल फूल पानको पात, सुपारी र सिन्दुर एवम् अण्डा र चामल अक्षताको प्रयोग हुने गरेको र देवी देवता वा भूतलाई खुसी पार्न भोग दिने‌ चलन पनि रहेको झाँक्री टुरु खड़िया बताउँछन्।
बलि अर्थात भोग दिने चलनलाई विस्तारै पन्साएर त्यसको सट्टा फलफूलले पूजा गर्ने चलन अप्नाउन थालेको पनि झाँक्री टुरु खड़ियाले जनाएका छन्। सालमा एकपल्ट भएपनि यो पूजा गर्न आवश्यक रहेको र यसले रोग कष्ट महामारी एवम् प्रकृति प्रकोपबाट गाउँलेको सुरक्षा हुने विश्वास रहेको पूजामा सामेल हुने गाउँलेहरूले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement