कालचिनीः एउटा नवजात शिशुको शव कमानको एउटा नालामा देख्दा मंगलबार बिहानदेखि हाँसीमारा क्षेत्रको साताली चियाबारी ८ नम्बरमा सनसनी फैलियो। गाउँ छेउमा यसरी कसले किन नवजात शिशुको शव फ्याँके यसबारेमा रहश्य बनेको छ भने घटनास्थलमा हाँसीमारा आउटपोस्टका पुलिसबल पुगेर छानबीन चलाईरहेको जान्नमा आएको छ।
प्रायः ५ महीनाको उक्त नवजात शिशुको शव यसरी नालामा देख्दा प्रत्यक्षदर्शी गाउँलेहरू भावुक बनेका छन्। एकातिर कतिपय सन्तानहीन अभिभावकहरू बच्चाको निम्ति मन्दिर, मस्जिद तीर्थस्थल धाउने गरेको देखिन्छन कतिले काख लिन बच्चाको खोजी गरिरहेको पनि देखिन्छ त्यहीँ अर्कोतिर नवजात शिशुको शव यसरी नाला र झोड़ामा छोड़ेर हिँड़ने पापीहरूलाई भगवानले सजाय दिने प्रत्यक्षदर्शीहरूले बताएका छन्।









