दार्जीलिङ: सोनादा क्षेत्र अन्तर्गत मिलिङ चियाबारीमा सार्वजनिक भवन निर्माण कार्यको निम्ति हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले ५० ब्याक सिमेन्ट दिएको जानकारी प्राप्त भएको छ। मिलिङ चिया बगानको गुरूङ गाउँमा सन् १९९० तिर काठ र टिनद्वारा सार्वजनिक भवनको निर्माण गरिएको थियो तर अहिले बर्खायामको पानी हुरी बतासको कारणले गर्दा सार्वजनिक भवन जीर्णावस्थामा पुगिसकेको थियो। सार्वजनिक भवनको जीर्णोद्वार लिएर स्थानीय वासिन्दाहरूले धेरै ठाउँहरूमा सहयोगको गुहारहरू लगाएका थिए तर कतैबाट पनि सहयोगको नपाएपछि जीर्णावस्थामा रहेको सार्वजनिक भवनको अवस्थामाथि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सको नजर परेको अनि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स समक्ष स्थानीय वासिन्दाहरूले सार्वजनिक भवनको जीर्णोद्वारबारे अवगत गराउँदा तुरून्तै ५० ब्याक सिमेन्ट दिने वचन दिएका थिए।

आज आफ्नो वचन पूरा गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले स्थानीय वासिन्दाहरूलाई ५० ब्याक सिमेट प्रदान गरेका छन्।मिलिङ चियाबारीको प्रगति संघको नेतृत्वहरू एंव कार्यकर्ताहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सको यस कार्यप्रति आभार जनाएका छन्।यसै संदर्भमा रंगबुल धोतरिया समष्टिको हाम्रो पार्टी प्रवक्ता अनुराग गुरूङले पार्टीको केन्द्रीय सांगठनिक सचिव विक्रमादि राई लगायत अन्य केन्द्रीय नेतृत्वहरूप्रति आभार जनाएका छन्।









