२५ अप्रेलः अष्ट्रेलिया विरुद्ध लण्डनको ओवलमा खेलिने वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) फाइनल म्याचको निम्ति भारतीय टीमको घोषणा गरियो। बीससीसीआई-ले ७ देखि ११ जूनसम्म खेलिने यस म्याचको निम्ति १५ सदस्यीय टोलीको घोषणा गरियो, जसमा केएल राहुलले स्थान पाएका छन् जबकि श्रेयस अय्यर र जसप्रीत बुमराहलाई चाहिँ बाहिर राखिएको छ। रहाणे १५ महिनापछि भारतीय टीममा फर्किएका छन्। उनले अन्तिमपल्ट जनवरी २०२२-मा दक्षिण अफ्रिका विरुद्ध टेस्ट सीरीजमा भाग लिएका थिए। ईंग्ल्याण्डको परिस्थितिहरूमा बल स्विंग हुने सम्भावना भएको हुनाले टीम म्यानेजमेण्टले केएल राहुल र रहाणेमाथि भरोसा देखाएको छ। स्पिन आक्रमणमा अलराउण्डर रविन्द्र जडेजा र रविचन्द्रन अश्विनको साथमा अक्षर पटेल रहनेछन्।
भारतीय टीमः
रोहित शर्मा (कप्तान), शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, अजिंक्य रहाणे, केएल राहुल, केएस भरत (विकेटकीपर), रविन्द्र जडेजा, रविचन्द्रन अश्विन, अक्षर पटेल, शार्दुल ठाकुर, मोहम्मद शमी, मोहम्मद सिराज, उमेश यादव, जयदेव उनादकट।









