कालेबुङ अस्पतालको विभिन्न रिक्त पदहरूमा बाहिरकाहरूले नियुक्ति पाएकोमा हाम्रो पार्टीको आपत्ति

Screenshot_20230425_183944_WhatsApp.jpg

कालेबुङ: कालेबुङ जिल्ला अस्पतालको ३२ वटा खाली पदहरूमा एकजना स्थानीय प्रार्थीले मात्र काम पाउनु भनेको पहाडवासीको निम्ति दुर्भाग्य हो भनी हाम्रो पार्टीको केन्द्रीय कमिटी सदस्य एंव खण्ड २ को अध्यक्ष असिम चन्द्र देवानले बताएका छन्। कालेबुङ जिल्ला अस्पतालमा टेक्निकल डिपार्टमेन्ट, स्टाफ नर्स लगायत ३२ वटा खाली पदहरू रहेको थिएछ तर यी खाली पदहरूमध्ये स्थानीय एक जना प्रार्थीबाहेक बाँकी ३१ वटा खाली पदहरूमा मधेस क्षेत्रका प्रार्थीहरूले नियुक्ति पाएको अध्यक्ष देवानले बताए। नियुक्ति पाएका प्रार्थीहरूको सूची देखाउँदै अध्यक्ष देवानले भने, मेडिकल डिपार्टमेन्टहरूमा मात्र यति धेर बाहिरका प्रार्थीहरूले नियुक्ति पाएका छन् भने अन्य डिपार्टमेन्टहरूमा पनि यस्तै प्रकारको कार्यहरू भएको छैन भन्न कदापी नमिल्ने तिनले बताए। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नेतृत्वहरूले शुरूदेखि नै हामी राज्यको तृणमूल कंग्रेससंग मिलेर काम गर्छौं भन्दै आईरहेका छन् तर आज कालेबुङ जिल्ला अस्पतालमा जस्तो प्रकारले बाहिरकाहरूले नियुक्ति पाएका छन् यसले उनीहरूको नियतमा खोट भएको स्पष्ट हुन्छ अध्यक्ष देवानले आरोप लगाएका छन्।तिनले कालेबुङको विधायक रूदेन सादा लेप्चा समक्ष अनुरोध गर्दै भने, कालेबुङको जनताले तपाईमाथि आस्था र भरोसा गरेर आफ्नो बहुमूल्य मत दिएर विधान सभामा कालेबुङको नेतृत्व गर्न पठाएको हो। तपाईले यी सबै विषयहरू विधान सभामा उठाउनु होसं। त्यसरी नै जीटीए सभाको चुनावमा पहाडको जनताले भागोप्रमोमाथि आस्था र भरोसा राखेर आ-आफ्नो बहुमूल्य मत दिएर पठाएको हो तर भागोप्रमोेको नेतृत्वहरूले पनि जनताको आस्था र भरोसासंग खेलवाड गरिरहेको छ।’
पहाडमा दिन प्रतिदिन शिक्षित बेरोजगार युवा युवती भाइ बहिनीहरूको संख्या बढ्दै जाँदैछ। पहाडको सरकारी विभागहरूमा रहेको खाली पदहरूमा कमसेकम १०० मा ६० प्रतिशत पदहरूमा स्थानीय प्रार्थीहरूले नियुक्ति पाउनुपर्छ भन्ने हाम्रो मांग छ अनि सरकारसंग मिलेर काम गर्छु भन्नेहरूले यी विषयहरूमाथि काम गर्नु पर्छ अध्यक्ष देवानले भने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *