गोजमुमोको युवा मोर्चाले शुरु गर्यो सांकेतिक भोक हडताल

अनशनमा बसेका गोजमुमो युवा मोर्चका कार्यकर्ताहरू।

दार्जीलिङ– आजदेखि गोजमुमोको युवा मोर्चाले दार्जीलिङ सिंहमारीस्थित पार्टी कार्यालयमा सांकेतिक भोक हडताल शुरु गरेको छ। आज पहिलो दिनको हडतालमा युवा मोर्चा केन्द्रीय समितिका शीर्ष नेतृत्वहरू क्रमैले दिपेन माले, नोमन राई, प्रतीक राई, विजय मगर र उदय छेत्री बसेका छन्। २०११ को मेमोरेण्डम अफ एग्रिमेन्टअनुसार तराई तराई-डुवर्सको २९६ वटा मौजाहरूलाई अन्तभुक्ति अनि सम्पूर्ण विभाग तथा क्षमताहरूको हस्तानन्तरणपछि नै जीटीए-को चुनाव गराउनु पर्ने माग गरेका छन्। अनशन स्थलमा ‘जाति र माटोको सुरक्षाको निम्ति सम्पूर्ण गोर्खा एक हौँ’, ‘टुटेर होइन फुटेर होइन, एकजुट भई अघि बढौँ’, ‘जीटीए-को चुनाव चाहदैनौँ’ आदि जस्ता पोस्टरहरू लगाइएको छ।  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement