सौगात क्याटरिङका छिरिङ शेर्पाले खरसाङको खहरेस्थित वृद्धाश्रममा जन्मदिन मनाउँदै गरे आर्थिक सहयोग पनि

IMG-20230425-WA0232.jpg

खरसाङ: मानिसहरूले आफ्नो जन्मदिन थरि थरि किसिमले मनाउने गर्छन् अनि जन्मदिनलाई यादगार बनाउने गर्छन्। त्यस्तै सोनादाको सौगात क्याटरिङका निर्देशक युवा व्यवसायी छिरिङ शेर्पाले आज आफ्नो जन्मदिन खरसाङको अप्पर खहरेस्थित सहयोगी हात वृद्धाश्रममा गएर ती वृध्द वृध्दा बाजे-बोज्युहरुसित मिलेर मनाएका छन्। उनले उक्त वृद्धाश्रममा केक काटेर त्यहाँ भएका वृद्धा बाजे बोज्युहरुलाई खदा लगाइदिएका थिए। आफ्नै हातले केक काटेर सबैलाई खुवाए भने उनीहरुबाट छिरिङले आशिर्वाद पनि लिएका थिए। त्यसपछि छिरिङ शेर्पाले उक्त वृध्दाश्रममा आर्थिक सहयोग पनि गरेको जानकारी प्राप्त भएको छ। छिरिङको यस प्रकारको कार्य देखेर उक्त वृद्धाश्राममा रहेकी कमल कुमारी प्रधानले गहभरी आँसु बोकेर छिरिङ शेर्पालाई आशिर्वाद दिन्दै यहाँ धेरै दिनदेखि विभिन्न प्रकारको समस्या थियो। जस्तै आर्थिक समस्या, पानी, बिजुली बत्तीको समस्या तर आज सोनादाबाट आएर छिरिङ शेर्पाले आफ्नो जन्म दिनमा हामीलाई सम्झेकोमा हामी उनी लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद साथै आशीर्वाद दिदँछौ भनिन्। अर्कोतिर उक्त सेल्टर होमकी सञ्चालिका सुमित्रा राईले पनि छिरिङ शेर्पाको सोच अनि बिचारलाई मुग्ध कण्ठले प्रशंसा गर्दै धन्यवाद दिईन्। स्मरण रहोस सौगात क्याटरिङका डाइरेक्टर छिरिङ शेर्पाले विगत २०१२ देखि क्याटरिङ चलाउँदै आइरहेका छन् भने उनले क्याटरिङमा नाफा भएका पैसाले गरीब दु:खीको घर छैन भने घर बनाइदिन्छन्। गरीब दु:खीको छोरा-छोरीहरूलाई स्कूलको खजाना, युनिफर्म, खाता-किताब किनिदिन्छन्। समय समयमा वृद्धाश्राममा गएर आर्थिक सहयोग गर्छन् भने आज उनले आफ्नो जन्मदिनको खुशीमा खरसाङको अप्पर खहरेस्थित सहयोगी हात ओल्ड एज होममा गएर जन्मदिन मनाएका छन् अनि आर्थिक सहयोग पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement