प्रधानमन्त्री मोदीले केरलाको पहिलो वन्दे भारत एक्सप्रेसलाई झण्डा देखाएर प्रस्थान गराए

00-1-Kerala-Vande-Bharat-Express

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आज केरलाको पहिलो वन्दे भारत एक्सप्रेसलाई तिरुवनन्तपुरम र कासारगोड बीचको तिरुवनन्तपुरम केन्द्रीय स्टेशनमा झण्डा देखाएर प्रस्थान गराएl कार्यक्रम स्थलमा पुगेपछि प्रधानमन्त्री मोदीले तिरुवनन्तपुरम- कासरगोड वन्दे भारत एक्सप्रेसको निरीक्षण गरेl यहाँ उनले बालबालिकाहरू र रेल चालक दलसँग कुराकानी गरे। यो रेल ११ जिल्लाहरू, थिरुवनन्तपुरम, कोल्लम, कोट्टायम, एर्नाकुलम, त्रिशूर, पलक्कड, पठानमथिट्टा, मलाप्पुरम, कोझिकोड, कन्नूर र कासारगोड जिल्लाहरू कभर गर्नेछ। यसलाई लिएर प्रधानमन्त्रीले ट्वीट गरे: ‘केरलाको पहिलो वन्दे भारत एक्सप्रेसलाई झण्डा देखाएर प्रस्थान गराइयो, जसले तिरुवनन्तपुरमदेखि कासारगोडसम्म रेल-परिवहन सम्पर्क बधाएको छl’ –पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement