जलपाइगढी: ट्राफिक सिग्नलमा रोकिराखेको एउटा पिकअप भ्यानसँग मोटरसाईकल ठोकिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। मंगलबार बिहान करिब १० बजे एसियन राष्ट्रिय राजमार्ग नं ४८ को ठाकुरपाट मोडमा उक्त दुर्घटना भएको हो। दमकल कर्मीहरूले तुरुन्तै घाइते मोटरसाईक चालकलाई उद्धार गरेर जलपाइगढी जिल्लाको धुपगढी ग्रामीण अस्पतालमा लगे। बताइए अनुसार, गयरकाटादेखि धुपगढी जाने बाटोमा ठाकुरपाटको ट्राफिक सिग्नलमा कैयौं गाडीहरू खड़ा थिए। त्यसै समय सोही दिशाबाट आएको मोटरसाइकलले तीव्र गतिमा आएर पिकअप भ्यानलाई पछाडिबाट ठक्कर दियो। जसका कारण यो दुर्घटना भयो। घटनाको सुचना पाएर पुगेको धुपगढी पुलिस चौकीले दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको छ।










