सिलगढी: ठाकुरनगर रेलवे गेटमा रेलको बिजुलीको तार चुडिएपछि मानिसहरूको लागि समस्या उत्पन्न भएको थियो।यो घटना आज बिहान लगभग ११ बजी रेलगेट बन्द गर्ने समयमा चियापत्ती बोकेको एउटा ट्रक हतारमा रेलवे फाटक पार गर्ने क्रममा घटेको हो। ट्रकसित रेलवे फाटक फँस्दा रेलवेको बिजुलीको तार चुडियो। कुनै प्रकारको दुर्घटना नहोस् भन्ने उद्देश्य लिएर तत्कालै इलाकाको बिजुली कनेक्शन बन्द गरिदियो। रेलवे पुलिस र एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर लगभग एक घण्टाको कठोर प्रयासपछि रेलगेट काटेर ट्रक बाहिर निकालिइयो। यसपछि चुडिएको बिजुलीको तार सचल बनायो। उक्त घटनालाई केन्द्र गरेर केही समयको लागि इलाकामा वाहनहरूको चलाचल बन्द रह्यो।

यसले गर्दा इलाकामा व्यापक जामको समस्या देखापर्यो। स्थानीय मानिसहरूको आरोप अनुसार ठाकुरनगर रेलगेटको समस्या धेरै समय अघिदेखिको हो। रेलगेट बन्द गरेपछि मानिसहरू घण्टौँसम्म जाममा फँस्ने गर्दछन्। यसैले स्थानीय मानिसहरूले यहाँ फ्लाई ओभर बनाइदिने माग गरेका छन्।










