नागरिक स्वयंसेवकको लाठी प्रहारबाट लरी चालक गम्भीर घाइते

67155559-f48b-4f56-8627-cf52633145d4

जलपाइगढी: नागरिक स्वयंसेवकको लाठीले लरी चालक गम्भीर घाइते भएका छन्। घटनाको विरोधमा स्थानीयवासीले सडक अवरुद्ध गरे। घटना सोमबार राति करिब ९ः३० बजे जलपाइगढी जिल्लाको धुपगढी चौपाथीमा भएको हो। यता आक्रोशित भीडले उनीहरूलाई पक्रनको निम्ति नागरिक स्वयंसेवकहरूलाई लखेट्यो।स्थानीय स्रोतका अनुसार एक लरी चालक ट्राफिक सिग्नल तोडेर गल्तीले राष्ट्रिय राजमार्गमा प्रवेश गरेका थिए। त्यसपछि ड्युटीमा रहेका नागरिक स्वयंसेवकले उनलाई लठ्ठीले हिर्काउँदा चालकले एक्कासी झ्यालबाट हात निकाल्दा उनको हातमा चोट लाग्यो। त्यस समय उनको हात भाँचिएको आरोप लागेको छ। उनलाई तत्काल उपचारका लागि धुपगढी ग्रामीण अस्पताल लगिएको छ। यता घटनापछि स्थानीय बासिन्दाहरू आक्रोशित भए। उनीहरूले राष्ट्रिय राजमार्ग अवरुद्ध गरे।घटनास्थलमा निकै तनाव भएको थियो। घटनाको जानकारी पाएपछि धुपगढी थानाका आईसी र डीएसपी क्राइम विक्रम जीत लामा घटनास्थल पुगेका थिए। स्थिति नियन्त्रणमा लिन भारी पुलिस बल परिचालन गरिएको थियो। तर अहिले अवस्था सामान्य रहेको बताइएको छ। नागरिक स्वयंसेवक विरुद्ध लिखित उजुरी आएपछि घटनाको अनुसन्धान गरिने पुलिसले जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *