मालदा शहरलाई नगरनिगम बनाउने पहल

7837fdc1-aa18-4473-94fd-717d9fe463aa

मालदाः मालदा शहरलाई नगरनिगम बनाउने योजना अघि बढाइएको छ। यसैबीच, इंग्लिशबजार नगरपालिकाका अध्यक्ष कृष्णेन्दु नारायण चौधरीले मालदा इंग्लिशबजार नगरपालिका र पुरानो माल्दा ब्लकको साहापुर पञ्चायतलाई मिलाएर नगरनिगम बनाउने पहल गरेका छन्। साहापुर पञ्चायत मालदा सहरको छेउमा महानन्द नदीको पारी छ।हाल मालदा सहर बाहेक त्यहाँ धेरै ठूल-ठूला व्यापारिक प्रतिष्ठान, होटल अनि लजहरू छन्। त्यसले गाउँको स्वरुप फेर्दै सहरको रूप लिइरहेको छ। राष्ट्रिय राजमार्गको बाइपास सडक बनेपछि यो विकास सुरु भएको हो। यसैबीच, मालदा सहरको जनसङ्ख्या पछिल्ला केही वर्षहरूमा निकै बढेको छ। यस्तो अवस्थामा विकासका लागि नगरनिगम बनाउने योजना बनाइएको हो। यसका लागि इंग्लिशबजार नगरपालिकाले पहिले नै औपचारिकरुपमा पहल शुरू गरिसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement