भालुको आक्रमणमा परेर एक व्यक्ति गम्भीर घाइते

Screenshot_20230425_175535_Facebook.jpg

गान्तोक: मंगन जिल्लामा पर्ने रिङगिङ (जुटी गाउँ) निवासी लाक्पा छिरिङ लेप्चा जङ्गली भालुको आक्रमणमा परेर गम्भीर घाइते भएका छन्। आफ्नै घर छेउमा काम गरिरहेका समय दिउँसो ३ बजी लेप्चालाई भालुले आक्रमण गरेको थियो। भालुको आक्रमणमा परेर उनको नाक, कान, निधार हात र ढाडमा गहिरो चोट लागेका कारण उपचारार्थ मंगन स्वास्थ्य केन्द्रमा लगिएको थियो। मंगनमा प्राथमिक उपचारपछि उनलाई गान्तोकको एसटीएनएम अस्पताल ल्याइएको छ जहाँ अहिले पनि उनको उपचार चलिरहेको छ। ३९ वर्षीय लाक्पा छिरिङ लेप्चाको अवस्था निकै गम्भीर रहेको परिवार पक्षले जानकारी दिएका छन्। लेप्चाको अनुहारमा पनि गम्भीर चोट लागेको कारण प्लास्टिक सर्जरी गर्नुपर्ने आवश्यकता रहेको छ।
अर्कोतर्फ रिजर्व फरेस्ट क्षेत्रमा रहेको रिङगिङ गाउँ निवासी लाक्पा छिरिङ लेप्चालाई वन विभागले तत्काल राहत प्रदान गरेको र उनको उपचार उपचार खर्चमा विभागले दुई लाख रुपियाँ सम्म सहयोग गर्न सक्ने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement