पाकिस्तानमा पुलिस थानामा आत्मघाती हमला;  ८ जना पुलिससहित १० जनाको मृत्यु

Blast

इस्लामावाद: पाकिस्तानमा आत्मघाती आक्रमणमा ८ जना पुलिससहित १० जनाको मृत्यु भएको छ। विस्फोटमा २९ जना घाइते भएका छन्। पाकिस्तानको आतंकवाद विरोधी विभागको स्वात जिल्लाको कबाल पुलिस थानामा विस्फोट भएको हो। पुलिस अधिकारीहरुले आत्मघाती हमला भएको पुष्टि गरेका छन्। आक्रमणमा घाइते भएका पुलिस अधिकृत इमदाद खानले धानका राती ८:२० बजे भएको जानकारी दिएका छन्। विष्फोट पुलिस थानामा भएको थियो, जहाँ काउन्टर टेररिज्म विभागको भवन र मस्जिद रहेको थियो। विस्फोट यति शक्तिशाली भएकोले तीनवटा भवन भत्किएको उनले बताए। यस विस्फोटको लगत्तै, अन्य सबै आगो निस्कियो। विस्फोट हुँदा आफू भान्सामा रहेको इमदाद खानले बताए। उनले दुईवटा विस्फोटको आवाज सुनेको बताए। भग्नावशेषमा धेरै मानिस पुरिएको पुलिसले जनाएको छ। घाइतेहरुलाई नजिकैको अस्पताल लगिएको छ। नजिकका सबै अस्पतालमा आपतकाल घोषणा गरिएको छ।

पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले विस्फोटको कडा निन्दा गरेका छन्। उनले घटनामा मारिएकाहरुप्रति समवेदना व्यक्त गरेका छन्। साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। यसका साथै पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन्। अहिलेसम्म कुनै पनि आतंकवादी संगठनले आक्रमणको जिम्मेवारी लिएको छैन। तर यो आक्रमणको पछाडि तेहरिक-ए-तालिबान पाकिस्तानको हात हुनसक्ने अनुमान गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *