सिलगढी: नक्सलबारी इलाकाको नदी किनारमा प्लास्टिकमा पोको पारेको एक नवजात शिशुको शव फेला परेको छ। मंगलबार बिहान सिलगढी महकुमा अन्तर्गत नक्सलबारीको कमलाजोत इलाकाको खेम्ची नदीको किनारमा नवजात शिशुको शव फेला परेपछि वरपरको क्षेत्रमा हलचल मच्चियो।खोलाको किनारमा त्यस प्लास्टिकको पोकामाथि एक व्यक्तिको आँखा परेपछि नक्सलबारी थाना पुलिसलाई खबर गरियो। पुलिसले घटनास्थलमा पुगेर नवजात शिशुको शव उद्धार गरेको छ। प्लास्टिकमा नवजात शिशुको शव खोला किनारमा कसरी आयो भन्नेबारे अनुसन्धान भइरहेको छ। नवजात शिशुको शव पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पठाइएको छ।










