मालदा: अल पश्चिम बंगाल औषधि बिक्री प्रतिनिधि संघका सदस्यहरूले मंगलबार बिहान मालदा मेडिकल कलेज अस्पताल बाहिर एक बहुराष्ट्रिय औषधि कम्पनीमा कार्यरत ६७ मेडिकल रिप्रेजेन्टेटिवहरुलाई हटाएको विरोधमा धर्ना दिए। उनीहरुको आरोप छ कि गत ३० सेप्टेम्बर २०२१ मा एक बहुराष्ट्रिय औषधि निर्माण कम्पनीले ६७ जना सेल्स स्टाफलाई नोकरीबाट निकालेका थिए। त्यतिमात्र नभएर, कम्पनीले गोप्यरूपमा आफ्ना उत्पादन गरिएका केही औषधि र कर्मचारीहरु अर्को नयाँ कम्पनीलाई बेचेको छ। यससँगै कार्यरत मेडिकल रिप्रेजेन्टेटिवहरुलाई पनि बारम्बार हटाउने धम्की दिइँदै आएको छ। आन्दोलनमा उत्रिएका मेडिकल रिप्रेजेन्टेटिबहरुले यस दिनको धरना यस अनैतिक छटनीको विरोधमा भएको बताएका छन्।









