२५ अप्रेलः नर्थ बेंगल फूटबल प्लेयर्स एसोसिएशनको तत्त्वावधानमा तीनदिने भेटरन्स फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। सहायक फाउण्डेशन, मर्निंग क्लब ग्रुप अनि मनजीत एकादशको सहयोगमा टुर्नामेण्ट २९ अप्रेलदेखि शुरु भएर १ मईसम्म चल्नेछ। सिलगढ़ीको पानीट्यांकी मोड़ नजिक रामकृष्ण खेल मैदानमा हुने यस टुर्नामेण्टमा उत्तर बंगाल मात्र नभएर सिक्किम, कलकत्ता र नेपालको जम्मा १६ वटा शीर्ष टीमहरूले हिस्सा लिनेछ। पहिलो दिन जम्मा ६ वटा म्याच खेलिनेछ। यसरी नै दोस्रो दिन पनि ६ वटा म्याच रहेको छ। दुईवटा सेमिफाइनल र फाइनल म्याच १ मईमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई रत्ना देवी शर्मा स्मृति विनर्स ट्रफी प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई इन्द्रमणि देवी स्मृति रनर्स अप् ट्रफी प्रदान गरिनेछ।