विराट कोहलीमथि २४ लाख रुपियाँको जरिमाना

IMG-20230425-WA0109.jpg

२५ अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-मा रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-को कप्तानी गरिरहेका विराट कोहलीबाट ठूलो चूक भयो। त्यो पनि दोस्रोपल्ट। यसैकारण उनलाई लाखौं रुपियाँको नोक्सान भयो। वास्तवमा टीमको स्लो ओभर रेटले गर्दा कोहलीमाथि जरिमाना लगाइयो। राजस्थान रोयल्स विरुद्ध म्याचपछि कोहली जरिमानाको सम्मुखीन भए। आईपीएलद्वारा जारी एउटा बयानमा भनिएको छ, विराट कोहलीले आईपीएल आचार संहिताको अनुच्छेद २.२-अन्तर्गत लेवल १-को अपराध स्वीकार गरेका छन्। आचार संहिताको स्तर १-को उल्लंघनको निम्ति म्याच रेफरीको फसेला अन्तिम अनि वाध्यकारी हुन्छ। यो उनको टीमको सीजनको दोस्रो अपराध थियो। यसैकारण कोहलीमाथि २४ लाख रुपियाँको जरिमाना लगाइयो। यसअघि चेन्नई सुपर किंग्स विरुद्ध म्याचपछि पनि स्लो ओभर रेटले गर्दा कोहलीमाथि जरिमाना लगाइएको थियो। त्यस समय म्याच फीसको १० प्रतिशत जरिमाना लगाइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement