गान्तोक: सिक्किम राज्यमा शैक्षिक अध्ययन भ्रमणको निम्ति आएका आसमको आर्य विद्यापीठ महाविद्यालयका विद्यार्थीहरूले आज आइसीएआरद्वारा उत्पादन गरिएको अर्किडको भ्रमण गरे। डा. नबिन सैकीको नेतृतवमा आएको विद्यार्थीहरूले अध्ययन भ्रमणको क्रममा आइसीएआरद्वारा उत्पादन गरिएको अर्किडको भ्रमण गरेका हुन्।अध्ययन भ्रमणको उद्देश्य अर्किड, खेती प्रक्रिया, विविधता र संरक्षण प्रक्रियाहरूबारे जान्नु रहेको थियो। डा. सिद्धार्थ शंकर विश्वासले समूहमा भाग लिएर संस्थाको संगठनात्मक संरचना, कार्य र विगत साढे दुई दशकमा हासिल गरेको उपलब्धिकोबारेमा विद्यार्थीहरूलाई जानकारी गराए। उनले व्यावसायिक अर्किड र प्राकृतिक अर्किड प्रजातिका पोलिहाउसमा अर्किडको संरक्षण र खेती गरेको पनि देखाए। डा. विश्वासले अर्किडका जात र त्यसको व्यावसायिक महत्वबारे पनि जानकारी गराए।