गान्तोक: म्याराथन म्यान अमर सुब्बा कालेबुङमा आयोजित म्याराथन दौड प्रतियोगितामा प्रथम बनेका छन्। कालेबुङमा आयोजित अल्ट्रा म्याराथन दौडमा उनले ८ घण्टा ४२ मिनट २५ सेकण्डमा ९० किलोमिटरको दुरी पुरा गरेको जानकारी गराएका छन्। सोही प्रकारले सुब्बाको अधिनस्थ म्याराथन दौडको प्रशिक्षण लिइरहेका अर्जुन कुमार खतिवडा ६५ किलोमिटरको दौडमा प्रथम स्थान ओगटन सफल भएका छन् भने धन कुमार मंगर दोस्रो बनेका छन्।











