पाँच दिवसीय उत्तर जिल्लाको भ्रमणमाक राज्यपाल आचार्य

IMG-20230424-WA0337.jpg

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य पाँत दिवसीय भ्रमणको निम्ति मंगन जिल्ला पुगे। यस अवसरमा उनलाई मंगन जिल्लाका जिल्ल्ला प्रशासनिक केन्द्रका अधिकारीहरूलाई उत्तर जिल्ला भ्रमणको निम्ति स्वागत जनाए। स्वागत जनाउने क्रममा जिल्ला अध्यक्ष कादो लेप्चा, उपाध्यक्ष सोनम किपा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राज्यपालले स्वागत जनाउनको निम्ति उपस्थिति सबैलाई धन्यवाद दिँदै कृतज्ञता प्रकट गरे।उनले आत्मनिर्भर भारतको महत्त्वबारे प्रकाश पार्दै आत्मनिर्भर भारतले सबैलाई एक सुत्रमा बाँध्ने जनाए। भारतको सार्वभौमसत्ता, एकता र अखण्डताको रक्षा गर्ने जिम्मेवार नागरिकका रूपमा प्रत्येक व्यक्तिमा सोधपुछ र सुधारको भावना विकास गर्न आवश्यक रहेकोमा जोड दिए। उनले राष्ट्रको सबै क्षेत्रमा विकास गर्ने लक्ष्यका साथ अघि बढ्न उपस्थित सबैलाई आग्रह गर्दै राष्ट्रको विकासमा कृषकको अपरिहार्य भूमिकामा प्रकाश पारे। राज्यपालले प्रदेशका दुर्गम गाउँसम्म पनि विकास पुऱ्याउने विश्वास व्यक्त गरे ।

यसअघि लाइन विभागका सम्बन्धित प्रतिनिधिहरूले विभिन्न विभागका विभिन्न प्रोत्साहन र योजनाहरूको संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए। यस अवसरमा राज्यपालले स्वागत जनाउने क्रममा उपस्थित सबै लाभार्थीहरूसँग व्यक्तिगत रूपमा अन्तरक्रिया गर्दै , उनीहरूले भोगेका समस्या र कठिनाइहरू साथै आवश्यकताहरू पनि बुझ्ने प्रयास गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement