ममता बनर्जीले दिइन् अभिषेकको जनसम्पर्क कार्यक्रममा शुभकामना

1679929012_wednesday-main.jpg

कोलकाता: अभिषेक ब्यानर्जीे मंगलवारदेखि जनसम्पर्क अभियान शुरू गर्न गईरहेका छन्। आगामी पंचायत चुनाउ र त्यसपछिको लोकसभा चुनाउअघि उनको यो अभियान व्यापक स्तरमा जनाधार तयार पार्ने एक माध्यम हो। यसलाई लिएर मुख्यमन्त्री ममता ब्यानर्जीले शुभकामना दिएकी
छन्।उनले सोमवार ट्वीटरमा लेखिन्, तृणमूलको नयाँ पीढ़ीसित सम्पर्क गर्ने यो अभियान आफैमा धेरै नै शानदार छ। यसको निम्ति म अभिषेक ब्यानर्जी र पार्टीका कार्यकर्ताहरूलाई यस प्रकारको जनसम्पर्क यात्रा शुरू गर्नका लागि शुभकामनामा दिईरहेछु। यो यात्रा राज्यभरिमा चल्नेछ। ६० दिनसम्म चल्ने यस जनसम्पर्क यात्राको उल्लेख गर्दै ममताले भनिन्, यसबाट निश्चित रूपमा जनतासित जोडिनुमा मद्दत मिल्नेछ। अर्कोतिर, अभिषेक ब्यानर्जीले मुख्यमन्त्रीको यस ट्वीटमा जवाफ दिँदै उनलाई धन्यवाद दिँदै तपाईकै प्रेरणाले यो सब सम्भव हुनेछ भनेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement