गान्तोक: रानीपुल थाना क्षेत्र अन्तर्गत केन्द्रिय कृषि विश्वविद्यालय छेउबाट एउटा मोटर साइकल चोरी भएको घटना प्रकाशमा आएको छ। अज्ञात व्यक्ति (हरू) ले मोटर साइकल राखेकै ठाउँबाट चोरी गरेको बताइएको छ। पुलिस रिपोर्ट अनुसार, पीड़ित व्यक्तिले २२ अप्रेलको दिन आफ्नो मोटर साइकल केन्द्रिय कृषि विश्वविद्यालयको छेउस्थित एसबीआई एटीएम अगाडि राखेका थिए। भोलिपल्ट त्यहाँ मोटर साइकल थिएन। यस घटनाको सम्बन्धमा पुलिसमा प्राथमिकी दर्ता गरिएको छ। पुलिसले अज्ञात आरोपित विरूद्ध मामिला दर्ता गरेर जाँच शुरू गरेको छ।