गोरेटोद्वारा “चर्चा चौतारी” सम्पन्न 

00-1-IMG-20230424-WA0303

सिलगढी: खोलाचन्द फाप्रीवासीको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने बिषयहरु प्राथमिकतामा राखेर सोही अनुसार नीति तथा कार्यक्रमहरू अवलम्बन गर्न यसै गाउँका पाँचजना सचेत युवाहरु क्रमैले पत्रकार विकास तिम्सिना, अधिवक्ता परिमल थापा, विकास घिमिरे, कृष्ण शर्मा, राहुल मंगरको पहलमा आइतबार चर्चा चौतारी “गोरेटो” सम्पन्न गरियो। स्थानीय खोलाचन्द फाप्री प्राइमरी स्कुल भवनमा नेत्र प्रसाद शर्माको अध्यक्षतामा बिहान १० बजीदेखि आयोजन गरिएको चर्चा चौतारीमा खोलाचन्द फाप्रीका विभिन्न संघ-संस्थाहरुका पदाधिकारी, सदस्य एवं सचेत व्यक्तिहरुसँग गाउँमा अवैध कार्य, लागू पदार्थ, जूवा तासको बड्दो स्थितिलाई रोक्ने, राती गाउँमा बाहिरका अपरिचित मानिसहरुको प्रवेशलाई रोक्ने, गाउँको सुरक्षामा जोइन्ट फरेष्ट म्यानेजिङ कमिटी, फरेष्ट डिपार्टमेन्ट, पुलिस-प्रशासनको भुमिका कस्तो हुनुपर्ने, गाउँको बाटो-घाटो, दोकान-पाटको नाम एवं सठीक व्यवस्थापन गरिनुपर्ने, गाउँव्यापी कार्यक्रमहरु आयोजन गर्नको निम्ति “अभिभावक संस्था”को खाँचो, खोलाचन्द फाप्री नेपाली प्राइमेरी स्कुल संरक्षण आदि विषयमाथी चर्चा भयो।

यस दिनको चर्चा चौतारीमा क्रमैले हिमाली युवा संघ एवं नागेश्वर महादेव मन्दिरबाट टंकप्रसाद शर्मा, शान्ति संघ एवं सिद्धीदात्री नवदुर्गा देवी मन्दिरबाट वेणुप्रसाद शर्मा, हरियाली ग्राम समितिबाट अजय खवास, त्रिवेणी चोक सामाजिक कल्याणबाट हुकुम राई, खोलाचन्द फाप्री नागरिक सुरक्षा समितिबाट नारद दाहाल अनि स्वतन्त्र रुपमा शुभद्रा छेत्री, मोहनप्रसाद लुइँटेल, बिनोद राई, रुबेन राई, यदुनाथ शर्माले उपरोक्त विषयहरुलाई लिएर आआफ्नो विचार राखे।

लगभग चार घन्टा लामो सम्पन्न भएको चर्चा चौतारीमा सबै वक्ताहरुले गाउँको दुईवटा संस्था क्रमैले खोलाचन्द फाप्री नागरीक सुरक्षा समिति एवं ज्योति परिवार मध्ये एउटा संस्थालाई गाउँको उपरोक्त समस्याहरुलाई समाधान गर्न छाता संगठन बनाउने कुरामा जोड दिए। यसको निम्ति यसै हप्ता गाउँका सबै संघ-संस्थाका कार्यकारी समितिलाई लिएर सभा गरि अन्तिम निर्णय लिइने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement