सिटोङ: खरसाङ महकुमाको महलदिराम चिया बगान, महलदिराम वन बस्ती र लाटपञ्चर वन बस्तीका मानिसहरूको लागि सिटोङ क्षेत्रमा जल जीवन मिशन अन्तर्गत “हर घर जल” परियोजनाको लागि दार्जिलिङका सांसद राजु विष्टले आधारशीला राखे। यस अवसरमा तिनले सिटोङ-लाटपञ्चर क्षेत्रका विभिन्न इलाकाहरूमा गएर जनतासँग आफ्नो हस्तक्षेप आवश्यक रहेका विषयहरूमाथि पनि छलफल गरे। तिनले जारी विज्ञप्तिमार्फत जनाए अनुसार, हर घर जल योजनाअन्तर्गत केन्द्रीय सरकारले दार्जिलिङ लोकसभा निर्वाचन क्षेत्रमा ७१४ परियोजनाहरूका लागि रु. २४५० करोड़भन्दा धेरै आवन्टित गरेको छ।

दार्जिलिङ पहाड़का ग्रामीण क्षेत्रहरूका लागि केन्द्रीय सरकारले २८४ परियोजनाहरूका लागि रु.१०७० करोड़ आवटित गरेको छ अनि कालेबुङका ग्रामीण क्षेत्रमा १४६ परियोजनाहरूको लागि रु. ५१८ करोड़ रुपियाँ आवन्टि गरेको बताइएको छ। यसको अतिरिक्त केन्द्र सरकारले दार्जिलिङ नगरपालिकाको लागि रु. २०५ करोड़, मिरिक नगरपालिकाका लागि रु.२०० करोड़, कालेबुङ नगरपालिकाको लागि रु. १९३ करोड अनि सिलगढ़ी नगरपालिकाको लागि रु. ७८५ करोड़ आवन्टित गरेको छ।