गर्भवती प्रेमिकाको हत्याको आरोपमा प्रेमीलाई गरियो पक्राउ

Screenshot_20230424_212631_Samsung-Internet.jpg

खोरीबारी: आफ्नी प्रेमिकाको हत्या गरेको आरोपमा पुलिसले प्रेमीलाई पक्राउ गरेको छ। जानकारी अनुसार गत शुक्रबार राति रेल लाइन नजिकबाट एउटी किशोरीको मृतदेह उद्धार भएको थियो। किशोरी निखोज भएको बारेमा परिवारका सदस्यहरूले खोरीबारी थानामा अभियोग दर्ता गरेको थियो। परिवारका सदस्यहरूले गत शनिबार सोशल मिडियामा किशोरीको फोटो देखेपछि उत्तरबंग मेडिकल कलेजमा गएर किशोरीको पहिचान गरेका थिए। यसपछि परिवारका सदस्यहरूले किशोरीको प्रेमी विरुद्ध थानामा लिखित अभियोग दर्ता गरेपछि पुलिसले अभियोगको आधारमा गत अबेर राति प्रेमीलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका युवकलाई आज सिलगढी अदालतमा पेश गरियो। पोस्टमार्टम रिपोर्ट अनुसार मृतक किशोरी गर्भवती थिइन्। पक्रा परेका आरोपीलाई कठोर सजाय दिइनुपर्ने मृतकको परिवारका सदस्यहरूले माग गरेका छन्। आज किशोरीको मृतदेह तिनको घरमा ल्याइएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement