कालचिनीः आगामी २९ अप्रेलको दिनदेखि जलपाईगढ़ी जिल्ला अदालतबाट छुट्टिएर अलिपुरद्वार जिल्ला अदालत अस्तित्वमा आउने भएको छ। सोमबार उक्त कुराको जानकारी दिँदै अलिपुरद्वार जिल्ला अदालतका वरिष्ठ अधिलक्ता तथा पीपी प्रशान्त नारायण मजुमदारले अलिपुरद्वार जिल्ला भएको ८ बर्षपछि बल्ल अलिपुरद्वार जिल्ला अदालतले मान्यता पाउने जनाएका छन्।
अलिपुरद्वार जिल्ला अदालतको भवन सबै तयार भएको र २९ अप्रेलदेखि जलपाईगढ़ी जिल्ला अदालतका न्यायाधीश १२ बजीदेखि बस्ने र यसको शुभ उद्घाटन हाईकोर्टका न्यायधीसले भर्चुअली गर्नेछ।
सो अवसरमा जलपाइगढी जिल्ला र अलिपुरद्वार जिल्लाको सम्पूर्ण वरिष्ठ न्यायाधीश अदिवक्ता साथै बार एसोसिएसन उपस्थित रहने बताउँदै अलिपुरद्वार जिल्लावासीले अब पूर्णरुपमा जिल्लाको अधिकार पाउन गईरहेको र अब एनडीपीएस र जुभेनाइल कोर्टको लागि जलपाईगढ़ी जान नपर्ने सबै अलिपुरद्वारमा नै हुने बताईएको छ।