– अतिरिक्त सैनिकहरूलाई सर्च अपरेशनमा सामेल गरियो
– विभिन्न एजेन्सीका विशेषज्ञहरूले घटनास्थलको दौड़ाह गरे
पुँछः पुँछ आतंकवादी हमलामा सामेल आंकतवादीहरूलाई समात्नको लागि शुरू गरिएको खोजी अभियान सोमवार चौथो दिन पनि यथावत रह्यो। यस अभियान अन्तर्गत सुरक्षाबलहरूले जाँचबुझको निम्ति ४०भन्दा अधिक मानिसहरूलाई हिरासतमा लिएका छन्। गत बिहीवार पुँछमा भएको आतंकवादी हमला अवधि सैन्य वाहनमा आगलागी भएर पाँच जवान शहीद भएका थिए भने छैटौं जवान गम्भीर रूपले घाइते भएका थिए जसको अहिले पनि सैन्य अस्पतालमा उपचार भइरहेको छ। सेनाका एक अधिकारीले बताए, भाटाधूरियाँको जंगलमा, तोता गली सहित छिमेकी इलाकाहरूमा घेराबन्दी गरी खोजी अभियानलाई अझ तीव्रता दिन अतिरिक्त सैनिकलाई सर्च अपरेशनमा खटाइएको छ।
उनले बताए, सुरक्षा एजेन्सीहरू समेत सामेल रहेको यो खोजी अभियानले सोमवार चौथो दिनमा प्रवेश गरेको छ भने सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरिएको छ। अहिलेसम्मको जाँचबाट थाहा लागे अनुसार सेनाका जवानहरू सवार वाहनमा हमला गर्नपूर्व आतंकवादीहरू भींबर गली-पुँछ मार्गमा एउटा पुलको तल लुकेर बसेका थिए। एक स्नाइपरले सेनाको ट्रकलाई अगाड़िबाट हमला गऱ्यो भने उसका साथीहरूले विपरीत दिशाबाट गोली चलाए साथै ग्रेनेड प्रहार गरे। सैनिकहरूले जवाफी कारबाही गर्न समय नै पाएनन्।
अधिकारीले बताए, आतंकवादीहरूले स्टील कोर बुलेट प्रयोग गरेका थिए जसमा बख्तरबन्द ढालमा पनि प्रवेश गर्नसक्ने क्षमता हुन्छ। भाग्नपूर्व आतंकवादीहरूले सैनिकहरूको हतियार र गोला-बारूद पनि लुटे। बख्तरबन्द वाहनमा गोलीहरूको 50भन्दा अधिक निशान पाइएको छ। खोजी अभियान अवदि सैनिकहरूले क्षेत्रमा केही प्राकृतिक गुफाहरू पनि फेला पारे जहाँ आतंकवादीहरूले आफ्नो ठेगाना बनाएका थिए। आतंकवादी हमला पश्चात बन्द गरिएको भींबर गली-पुँछ मार्गलाई पुनः खोलिएको छ। सेनाका उत्तरी कमाण्डर लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीले भने, घातक हमलाको लागि जिम्मेवार आतंकवादीहरूलाई समात्नको लागि आवश्यक कारबाही गरिँदैछ। राष्ट्रीय सुरक्षा गार्ड (एनएसजी) औ राष्ट्रीय जाँच एजेन्सी (एनआईए) सहित विभिन्न एजेन्सीहरूका विशेषज्ञहरूले जाँच अवधि बितेका दुई दिनमा घटनास्थलको दौड़ाह गरेका छन्।