केन्द्रिय गृह मामिला राज्य मन्त्री अजय कुमार मिश्रा सिक्किम भ्रमणमा

Untitled-1-copy-164

गान्तोकः केन्द्रिय गृह मामिला राज्य मन्त्री अजय कुमार मिश्रा दुई दिवसीय भ्रमणमा सिक्किम आएका छन्। केन्द्रिय मन्त्री सोमवार सॉंझ सिक्किम आइपुगे। उनीसॅंग उनका प्रिन्सिपल स्टाफ अफिसर योगेश शर्मा र उनका पीए लभ कुमार सिंह पनि आएका छन्। केन्द्रिय मन्त्री मिश्रालाई रम्फूको पर्यटक केन्द्रमा पाकिमका जिल्लापाल टाशी छोपेल लेप्चा, पाकिमका एएसपी रिन्जिङ सी. राई, रम्फूका एसडीपीओ एलबी छेत्री, राज्य गृह विभागका उप सचिव प्रणीत प्रधान तथा अन्य विभागका अधिकारीहरूले स्वागत जनाए।

जानकारी अनुसार, केन्द्रिय मन्त्री दुई दिवसीय सिक्किम भ्रमणमा आएका हुन्। आफ्नो भ्रमण अवधि मन्त्रीले ध्वजवाहक तथा अन्य कार्यक्रमहरूको सुचारू कार्यान्वयनका लागि केन्द्रिय अनि राज्य सरकारका कार्यक्रमहरू र नीतिहरूको समीक्षा गर्नेछन्। यस क्रममा केन्द्रिय मन्त्रीले दक्षिण सिक्किमको नाम्ची पनि भ्रमण गर्ने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement