करनाल: राष्ट्रपतिले एनडीआरआईको दीक्षान्त समारोहमा ५४४ विद्यार्थीहरूलाई प्रदान गरिन् डिग्री

Untitled-1-copy-152

 भारत दुनियाँकै सबैभन्दा ठूलो दूध उत्पादक देश: राष्ट्रपति

चण्डीगढ़ः राष्ट्रपति द्रौपदी मुर्मूले सोमवार करनालस्थित राष्ट्रीय डेयरी अनुसन्धान संस्थान (एनडीआरआई)- को १९औं दीक्षान्त समारोहमा उपस्थित भएर ५४४ विद्यार्थीहरूलाई विभिन्न डिग्रीहरू प्रदान गरिन् साथै गोल्ड मेडलद्वारा सम्मानित गरिन्। उनले विद्यार्थीहरूलाई बधाई एवं शुभकामना दिँदै सदैव नयाँ सिक्न प्रयासरत् रहने र जनकल्याणको लागि कार्य गर्ने आग्रह गरिन्।

राष्ट्रपतिले विद्यार्थीहरूलाई राष्ट्रको प्रगतिमा महत्वपूर्ण योगदान दिने तथा डेयरी उद्योगमा रोजगार प्राप्तको साथै उद्यमी बन्ने आग्रह गर्दै यस क्षेत्रमा विकासका असीम संम्भावनाहरू रहेको बताइन्। उनले भनिन्, भारत दुनियाँकै सबैभन्दा ठूलो दुग्ध उत्पादक देश हो। विश्व दूध उत्पादनमा भारतको २२ प्रतिशत योगदान छ। डेयरी सेक्टरको देशको जीडीपीमा ५ प्रतिशत योगदान छ तथा डेयरी उद्योगले प्रत्यक्ष वा अप्रत्यक्ष ८ करोड़ परिवारहरूलाई रोजगार प्रदान गर्दछ। डेयरी सेक्टरमा ७० प्रतिशतभन्दा बढ़ी महिलाहरूको अंशदारी रहेको छ। राष्ट्रपतिले भनिन्, भारतमा गाई र भैसीका अनेकौं प्रजातिहरू पाइन्छ। केही प्रजाति अन्य प्रजातिको तुलनामा ४-५ गुणा अधिक दूध दिने क्षमता राख्दछ। एनडीआरआईद्वारा दूध दिने गाई र भैंसीको क्लोन बनाउने तकनिक विकित गरिएको छ जुन अत्यन्त सराहनीय कुरा हो। यसबाट पशुहरूको दूध उत्पादन गर्ने क्षमतालाई बढ़ाउन सकिन्छ जसले गर्दा कृषकहरूको आयमा वृद्धि आउनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement