राज्यपालले दिए पञ्चायत राज दिवसको शुभकामना

photocollage_2023323222050260.jpg

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले पञ्चायत राज दिवसको अवसरमा राज्यबासीलाई हार्दिक शुभकामनासहित बधाई दिएका छन्। पञ्चायत राज प्रणालीले स्थानीय समुदायहरूको सशक्तिकरण गरेर देशको विकास र प्रगति अनि शासनलाई जनताको नजिक ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ भनी राज्यपालले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्। उनले पञ्चायत प्रतिनिधिहरूको प्रयास र योगदानलाई स्वीकार गर्नुपर्छ, जसले आफ्नो समुदायका आवश्यकता र सरोकारहरूलाई सम्बोधन गर्न अथक प्रयास गर्दछन् भनेका छन्।

राज्यपालले उनीहरूको समर्पण र जनताको सेवा गर्ने प्रतिबद्धता सराहनीय रहेको बताएका छन्। उनले पञ्चायत राज दिवस मनाउने क्रममा, हाम्रो पञ्चायत राज प्रणालीलाई सुदृढ र सशक्त बनाउने हाम्रो प्रतिबद्धतालाई नवीकरण गर्नुपर्ने आग्रह गरेका छन्। स्थानीय शासनमा अझ बढी पारदर्शिता, जवाफदेहिता र सहभागिता सुनिश्चित गर्ने दिशामा काम गर्नु पर्ने राज्यपालले सुझाउ दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement