१५ वर्षदेखि सड़कमा भौतारिरहेका सिलगढीका एक स्नातक युवालाई न्यू बालक संघबाट मद्दत

435d3484-005e-42cf-b089-3f78999867c7

सिलगढी: सिलगढीका एक स्नातक युवा १५ वर्षदेखि सडकमा भौंतारिरहेका छन्। कपाल र दाह्री बढेपछि विभिन्न किसिमका शारीरिक समस्याहरू देखा पर्न थालेका छन्। सोमबार न्यू बालक संघले उनको लामो कपाल र दाह्री काटेर नुहाई दिएको छ। संस्थाले उनको उपचार गरी सामान्य जीवनमा फर्काउने प्रयास गरिरहेको छ। राजु विश्वास नाम चिन्हारी भएका यस युवकले सिलगढी ब्वाइज हाई स्कूलबाट उच्च माध्यमिक र कलेजबाट स्नातक तह उत्तीर्ण गरेका हुन्। तर विगत १५ वर्षदेखि उनी सिलगढीका सडकहरूमा घुमिरहेका थिए। लामो समयसम्म नुहाउँन नसक्दा लामो कपाल र दाह्रीका कारण विभिन्न शारीरिक समस्याहरु हुन थालेका थिए ।राजुलाई सामान्य जीवनमा फर्काउन न्यू बालक संघ र श्रद्धा वेलफेयर सोसाइटीले विशेष भूमिका खेलेका छन्। नव बालक संघका सदस्यहरूले उनको कपाल काटीदिए, नुहाईदिए र नयाँ लुगाफाटा लगाईदिए। कुनै समयमा राजु यस क्लबको सदस्य रहेको संस्थाका सदस्यहरूले बताएका छन्। त्यसैले क्लबले उनको जिम्मेवारी लिएको हो। राजुसँगको पहल राम्रो सुरुवात भएता पनि बालक संघका सदस्यहरूले भविष्यमा पनि अरु भौतारिरहेकाहरूलाई सामान्य जीवनमा फर्काउने वाचा गरेका छन्। यस्ता पहलबाट आम जनताले खुसी व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement