दार्जीलिङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ लाटपञ्जार समष्टिका वासिन्दाहरूले अनित थापालाई सभासद बनाएर पछुतो गरिरहेका छन् भनी हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष एंव सभासद अजय एडवर्डले बताएका छन्। उनले यस विषयमा भने, ‘गत जीटीए सभाको चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एंव वर्तमान जीटीए चिफ् अनित थापा सिटोङ लाटपञ्जार समष्टिबाट चुनावी मैदानमा ओर्लिएका थिए। चुनावी प्रसार प्रचारको क्रममा भागोप्रमो अध्यक्ष एंव उम्मेद्वार अनित थापाले सिटोङ समष्टिको बासिन्दाहरूलाई रोडको निर्माण गरिदिने आदि जस्ता धेरै वाचाहरू गरेका थिए। समष्टिवासीले अनित थापाको वाचाहरूमाथि विश्वास गर्दै सभासद निर्वाचित गरे। आज अनित थापा जीटीए चिफको पदमा आसिन छन् तर आजसम्म अनित थापाले सिटोङ समष्टिका वासिन्दाहरूलाई दिएको वाचाहरू पूरा नगरेको समष्टिवासीहरूले आफुलाई बताईरहेका छन्।’
आज हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवर्ड सिटोङ समष्टिको विभिन्न क्षेत्रहरूको भ्रमण गर्दै पुगेका थिए। त्यस अवधि स्थानीय बासिन्दाहरूले रोडको अवस्थाहरू देखाउँदै अनित थापालाई सभासद बनाउनु हाम्रो ठूलो भूल भयो भन्दै गुनासो पोखेको पनि तिनले बताए। उनले अघि भने, केन्द्रको हर घर जल योजनामा प्रचुर धाँधली भएको सामाजिक संजालहरूमा भाइरल भईरहेको छ। हर घर जल कार्यदेखि पहाड़वासी सन्तुष्ट छैन। जीटीए सभाको सत्ताधारी दलको नेतृत्वहरूले हर घर जल योजनाको कार्यहरू लापरवाहीपूर्ण काम गरेको छ।’
तिनले अघि भने, धेरैवटा गाउँहरूमा हर घर जल योजनाको नल्काहरू तारले रूखमा बाँधेको सामाजिक संजालहरू भाइरलहरू भईसकेका छन्। यति मात्र होइन हर घर जल योजनाको पाइप लाइनहरू सबै बिछ्याएको छ तर पानी संग्रह हुने टयाङ्कीको अतो-पत्तो छैन। यस्ता धेरै घटनाहरू छन् जो नियम अनुरूप कुनै काम भएको छैन। केवल पैसा खाने काम मात्र भएको छ।’ तिनले अझ भने, हर घर जल योजनाको ठेकादारहरूलाई हरेक ठेकामा ७ प्रतिशतदेखि १७ प्रतिशतसम्म पैसा मांग्ने गरेको घटनाहरू पनि सामाजिक संजालहरूमा भाइरल भई सकेको छ। देश स्वतन्त्र भएको ७६ वर्षपछि पहाड़वासीले बल्लतल्ल केन्द्रको हर घर जल योजना अनुरूप घर-घरमा पानीको सुविधा प्राप्त गर्ने मौका पाएको छ। तर यसमा पनि भष्ट्रचार? यो त अति नै भयो। यस्तो हुनु हुँदैन। तिर्खाएको मनिसलाई पानी पिलाउनु भनेको पुण्य कमाउनु हो। पहाडको धेरैवटा ग्रामीण क्षेत्रहरूका मानिसहरू पाँच लिटर पानीको लागि आधा दिन बिताउनु पर्ने अवस्थाहरू छन्। त्यस्ता क्षेत्रहरूमा सरकारले हर घर जल योजनाको माध्यमद्वारा पानी पुर्याउने काम गर्दैछ तर यसमा पनि भष्ट्रचार! धाँधली!!प्रतिशतको मांग? यो त अति नै भयो। हामी भष्ट्रचारमुक्त पहाड़को पक्षमा छौं। जस्तै अवस्थामा पनि हामी भष्ट्रचारको विरोध गरी नै रहनेछौं।’