काठमाडौंः नेपालमा हिजो भएको उपनिर्वाचनको मतगणना अन्तर्गत तनहुँ १ मा सत्तारुढ गठबन्धनका उम्मेदवार पछाडि परेका छन्। २० नोभेम्बर २०२२ को चुनावमा नेपाली काँग्रेसबाट वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल विजयी भएको उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी आरएसपीका स्वर्णिम वाग्ले दोब्बर मतान्तरले अगाडि छन्।
सत्ता गठबन्धनबाट काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले पछ्याइरहेपनि मतगणनामा अन्तर वाग्लेले बढाइरहेका छन्। उक्त क्षेत्रमा केपी शर्मा ओली नेतृत्वको सीपीएन यूएमएलका उम्मेदवार पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्।
रोचक त यो छ कि काँग्रेसका भट्टराई र यूएमएलका खनालको जन्मस्थान नै तनहुँ हो। वाग्ले तनहुँ बाहिरका हुन्। रवि लामिछाने नेतृत्वको आरएसपीले उपनिर्वाचनमा तनहुँ १, चितवन २ र बारा २ तीनै स्थानमा उम्मेदवारी दिएको छ। चितवन २ मा लामिछाने आफै उम्मेदवार छन्। चुनाउमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी यूएमएल दुवैलाई धक्का लाग्ने प्रक्षेपण गरिएको छ। नेपालमा लामो इतिहास बोकेका मुख्य दलहरुप्रति जन असन्तुष्टि बढ्दै गएको छ।