४० लाखको बर्मेली टीक काठ जफ्त

f76e9e7f-0190-4e17-b140-8d3330a925e4

सिलगढ़ी: वन विभागका अधिकारीहरूले आइतबार बिहान सिलगढी-जलपाइगढी राष्ट्रिय राजमार्ग अन्तर्गत राजगञ्जको फाटापुकुर क्षेत्रबाट बर्मेली टीक काठले भरिएको कन्टेनरलाई जफ्त गरे। यो महँगो काठ आसामको गुवाहाटीबाट कोलकतातर्फ तस्करी भइरहेको थियो।
उक्त कन्टेनरबाट करीब ४० लाख रुपियाँ बराबरको बर्मेली टीक काठ बरामद भएको छ। काठ तस्करीका लागि गुवाहाटीबाट कलकत्तातर्फ लगिँदै गरेको बताइएको छ। यस घटनामा कार चालकलाई नियन्त्रणमा लिइएको छ ।चालक उत्तर प्रदेश निवासी रामविलास नामका हुन भनी बताइएको छ। आरोपीलाई मंगलबार जलपाइगढी अदालतमा पेश गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement