भोटाङ खोलिएता पनि खोलिएका छैन् पासाखा भोटाङ

890a53a1-dbfd-4016-a800-c1bfdabb9b2c

कालचिनीः कोरोना महामारी र लकडाउनको कारण प्रायः दुई बर्ष जति भारत भोटाङबीच आउजाउ ठ्याप्पै बन्द रहेको थियो।
लकडाउनको दुई बर्षमा भोटाङ सीमान्त जयगाउँ सहर र पासाखा संलग्न बाङ्गे खोक्ला बस्ती उजाड़ बनेको थियो। यसबीच कोरोना महामारी विरुद्ध टीकाकरणले विस्तारै कोरोना शान्त बन्न थालेपछि गत सेप्टेम्बरबाट फुन्छोलिङ भोटाङको प्रवेशद्वार खोलिन्दा दुवै देश हर्षविभोर बनेको थियो। यसरी बल्ल बल्ल फुन्छोलिङ भोटाङको गेट केही नियम मुताबिक खुल्ला गरिएपछि अहिले कालचिनी खण्डको भारत भोटाङ सीमान्त सहर जयगाउँ र फुन्छोलिङ भोटाङबीच आउजाउ सामान्य बन्दै गईरहेको छ। विस्तारै सुकौरो लागेको जयगाउँको बजार व्यावसाय भोटाङे नागरिकहरुको आगमनले फ्रस्टिन थालेको छ। अहिले भोटाङले आउजाउको धेरै नियमहरूमा खकुलो पार्दै लैजाने क्रम जारी रहेतापनि व्यावसायिक आयात निर्यात गर्ने मूल सड़क एसियन हाईवे ४८ टुङ्गिएको जयगाउँ खोक्ला बस्ती तथा बाङ्गे आहाले बजारमा भने जयगाउँ मूल सहर जस्तो रौनकता देखिन्दैन।भोटाङको औद्योगिक केन्द्र पासाखाको धेरै प्लान्ट अनि फ्याक्ट्री संलग्न रहेको बाङ्गे आहाले बजार लकडाउनको दुई बर्षपछि गत केही दिन अघिदेखि मात्र खोलिएको छ तर त्यस बजारमा सीमापारी पासाखा भोटाङको बासिन्दाहरू भने आउन सकिरहेको छैन भने यता भारतीय सीमा खोक्ला बस्ती लगायत नजीकै रहेको सेन्ट्रल डुवर्स चियाबारीको बासिन्दाहरू पनि पासाखा भोटाङभित्र घुम्न औ केही लिन जान प्रवेश गर्न पाइरहेको छैन।
प्रत्येक आइतबार लाग्ने बाङ्गे बजारलाई सीमापारी पासाखा भोटाङको गाउँलेहरूले घरको झ्यालबाट अनि डाँड़ाबाट केवल टकटकी लाएर हेर्न मात्र सकिरहेको तर उनीहरुलाई पनि पासाखा चेकपोस्टबाट बाङ्गे छिर्न दिएका छैनन्। ठीक सोही पाराले यता भारतीय सीमाबाट संलग्न खोक्ला बस्ती, सेन्ट्रल डुवर्स चियाबारी लगायत कालचिनी खण्डको विभिन्न ठाउँहरूबाट पासाखा घुम्न आउनेहरूलाई चेकपोस्टबाट पस्न आजसम्म दिएका छैनन्। यस्तो परिस्थितिमा बाङ्गे बजारले भनेको जस्तो व्यावसाय अनि रोजगार गर्न नसकेको स्थानीय बासिन्दाहरूले जनाएका छन्। जयगाउँ र फुन्छोलिङ सरह पासाखा र बाङ्गेबीच पनि आउजाउ खुला गरिदिने गाउँलेहरूको दाबी रहेका छन्। स्थानीय खोक्ला बाङ्गे निवासी तथा युवा समाजसेवी पवनबीर मोक्तानले यस विषयमा धेरै निवेदन सम्बन्धित ठाउँहरूमा गर्दै आइरहेको र पासाखा पस्ने बाङ्गेमा भोटाङ अनि भारत दुवै देशको चेकपोस्ट रहेको यद्यपि के कारणले हो पासाखामा केवल कामगार मजदूरहरूलाई परिचयपत्र देखाएर मात्र पस्न दिइरहेको तर अरुलाई पासाखाभित्र पस्न मनाही गरेको छ।
सम्पूर्ण खोक्ला र सेन्ट्रल डुवर्स चियाबारी एवम् अन्यान्य ठाउँका बासिन्दाहरूले अहिले पासाखा भोटाङभित्र आउजाउ खुल्ला गरिदिने निवेदन गरिरहेको र यसले बाङ्गे खोक्ला साथै सेन्ट्रल डुवर्स चियाबारीको पाना, हात्तीमारा, बासरा र राङ्गामाटी डिभिजनको मानिसहरूको रोजगार बन्नमा मदत पुग्ने जनाएका छन्। कसैले पनि चाहे राज्य सरकार होस वा केन्द्रका अधिकारीहरू एवम् जनप्रतिनिधिले यस विषयमा राजनीति नहेरी उचित पहल गरिदिए सबैको निम्ति राम्रो हुने युवा समाजसेवी पवनबीर मोक्तान र सेन्ट्रल डुवर्स चियाबारीको समाजसेवी ध्रुब गोम्देनले थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement