जलपाइगढी बड़ाबाड़ी स्पोर्ट्स ताइक्वाण्डो एकाडेमीले ४ स्वर्ण सहित १७ पदक जीते

a9181e25-5875-4659-b44c-79ca5a01d5bc

जलपाइगढी: उत्तर बंगाल आमन्त्रित ताइक्वाण्डो च्याम्पियनशिप अप्रेल १४ देखि १६ सम्म सिलगढी ताइक्वाण्डो एसोसिएशन जेनेसिस एकाडेमीमा आयोजित गरिएको थियो। उक्त प्रतियोगितामा कलकत्ता र सिक्किम राज्यका टोलीहरू लगायत उत्तर बङ्गालका सबै जिल्लाका विभिन्न उमेर समूहका ताइक्वाण्डो खेलाड़ीहरूले भाग लिएका थिए।यस प्रतियोगितामा जलपाइगढी बडाबाडी स्पोर्ट्स ताइक्वाण्डो एकाडेमीले पनि भाग लिएको थियो। यस सन्दर्भमा एकाडेमीका महिला प्रशिक्षक टिना दासले भनिन, हामीले १५ किरोगी र ३ पुम्सले क्याटागोरीमा सहभागिता जनाएका थियौं, जसमध्ये ४ स्वर्ण ७ रजत र ६ कास्यसहित १७ पदक ल्याउन सफल भएका छौँ। यस जीतलाई अविस्मरणीय बनाउन र खेलाडीहरूलाई थप हौसला प्रदान गर्न हामीले विजेताहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरेका छौं। भविष्यमा स्वर्ण मात्र जित्नको निम्ति हामीले कडा मेहनत गर्नुपर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement