मङपु: सिन्कोना बगान पहलमा निर्माण भएको क्षयरोग अनि अन्य संक्रमण रोगको जाँच केन्द्र उद्घाटन सोमबारको दिन तक्दाह स्वस्थ्य खण्ड केन्द्रका बीएमओएच प्रदीप कुमार मण्डलको बाहुलीबाट गरियो। बीएमओएच डा. प्रदीप कुमार मण्डलले आफ्नो दुई कुरा सम्बोधनमा राख्दै २०२५ भित्रमा क्षय रोग बिमारलाई सरकारले देशबाट नै पुर्णरुपमा रोक्नको निम्ति काम गरिरहेको बताए। डा.मण्डलले १७ हजार भन्दा अधिक जनसंख्या भएको ठाँउ मङपुमा स्थानीय बासीहरुको उपचारको निम्ति एउटा प्राथमिक स्वस्थ्य खण्डको एक्दमै जरुरी रहेको कारण सिन्कोना विभागले जमीनको एनओसी दिए मङपुमा झट्ट एउटा प्राथमिक स्वस्थ्य केन्द्र निर्माण गर्नको निम्ति पहल गरिदिने कुरा बताए। आजको समारोहमा डा. प्रदीप मण्डल, डा. राजेश कुमार सिह, डा. अमित सिह, डा .अरुप घोषणाल, ए. एस. आई सुनिल छेत्री, एसटीएलएस रुपेश सिङदन अनि मङपु सिन्कोना बगान अस्पतालका अन्य कर्मचारी उपस्थित थिए।
मङपुमा क्षयरोग अनि अन्य संक्रमण रोगको जाच केन्द्र अनि कार्यालय निर्माण गरिदिएबापत मङपु अस्पताल सरक्षण समिती सयोजक किरण पाख्रीनले सिन्कोना बगान निर्देशक डा. सामुएल राई; ब्यवस्थापक गोपाल लामिछाने अनि तक्दाह खण्ड स्वस्थ्य विभागका डाक्टरहरुलाई आभार ब्यक्त गरेका छन्।