बिहारका मुख्यमन्त्री र उपमुख्यमन्त्रीले बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीसित गरे भेट

00-1-CM-Mamata-Banerjee-WB-Bihar-CM-Nitish-Kumar

कोलकाता: बिहारका मुख्यमन्त्री नितिश कुमार र उपमुख्यमन्त्री तेजस्वी यादवले सोमबार पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीसँग भेट गरे। राज्य सचिवालयमा भएको बैठकपछि नितिश कुमारले भने, ‘मुख्यमन्त्री ममता ब्यानर्जीसँग हाम्रो लामो समयदेखिको सम्बन्ध रहेको छ। उनको पालामा भएको विकास हामीले देखेका छौंl’ नीतीश कुमारले अझ भने, ‘हामीले निर्णय गरेका छौं, सबै दलहरू मिलेर लोकसभा चुनावको तयारी गर्नुपर्छ। विपक्षी दल एक मञ्चमा आएर देशको विकासका लागि सोच्नुपर्छ। भाजपालाई देशको विकासमा चासो छैन। भाजपा नेताहरूलाई आफ्नो प्रचारको मात्र चिन्ता छl’

मुख्यमन्त्री ममता ब्यानर्जीसँग पश्चिम बङ्गालमा भएको भेटका बारेमा उनले भेट निकै सकारात्मक रहेको बताए। सोही बैठकपछि मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘जेपी आन्दोलन बिहारबाट शुरु भएको हो, त्यसैले हामीले बिहारमा एकताको सन्देश दिन सभा गर्नुपर्छ। मैले यस सम्बन्धमा नितिशजीलाई पनि अनुरोध गरेकी छुl’  मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘हाम्रो लक्ष्य भाजपालाई हराउनु हो। मिडिया, झुटो कथा र गुण्डागर्दी प्रयोग गरेर भाजपा हिरो बनेको छ। हामी सामूहिक प्रयास चाहन्छौंl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement