कोलकाता: पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा हुगली जिल्लाको आरामबागबाट तृणमूल कांग्रेस सांसद अपरूपा पोद्दार विरूद्ध सीबीआई जाँचको याचिका लगाइएको छ। भाजपा नेता एवं हाईकोर्टका अधिवक्ता तरूण ज्योति तिवारीले सोमवार याचिका लगाएका छन्। न्यायाधीश राजशेखर मन्थाले यसलाई स्वीकार पनि गरेका छन्। अपरूपा पोद्दारको एक नाम आफरीन पनि हो। यसलाई लिएर तरूण ज्योतिले भने, आफरीन मेडमले मलाई उनी विरूद्ध सीबीआई जाँचको याचिका लगाउँदा मानहानिको नोटिस दिने चेताउनी दिएकी छन्। यसैले म उनलाई भन्न चाहन्छु कि पहिले उनी सीबीआईलाई जवाफ दिन तयार बसुन् ।वस्तुतः गत साता वरिष्ठ भाजपा विधायक एवं नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले एक लिस्ट जारी गरेका थिए, जसमा सांसद अपरूपा पोद्दारको लेटर हेडमा उम्मेदवारहरूको नामको सिफारिस गरिएको थियो, जसलाई शिक्षकको रूपमा नियुक्त गरिनुथियो। यसैलाई लिएर तरूण ज्योतिले जाँचको माग गरेका छन्।