सिलगढी: राष्ट्रिय बाल अधिकार संरक्षण आयोगका अध्यक्ष प्रियङ्क कानुनगो दिल्ली प्रस्थान गर्न अघि कालियागञ्जको घटनालाई लिएर क्षोभ प्रकट गर्दै तिनले पत्रकारहरूसित कुराकानी गर्दै भने, मराज्य सरकारले पोस्टमर्टम रिपोर्ट दिएको छैन। घटनाको २४ घण्टा बितिसकेपछि एकजना डाक्टरले मात्र आफूहरूसित भेट गर्यो, जबकि ३ जना डाक्टरहरूले भेट्ने कुरा थियो। यस घटनामा मामिलाका आईओ अधिकारीले पनि विभिन्न मुद्दाबारे जानकारी दिन सकेनन्। आरोपी जावेदको बारेमा पुलिसले पनि कुनै जानकारी दिएको छैन। जावेद बङ्ग्लादेशी अनुप्रवेशकारी हुनसक्ने आशंका लागेको तिनले बताए। यस नाबालिकाले आत्महत्या गरेको हो अथवा होइन भन्ने विषयमा पोस्टमार्टम गर्ने डक्टरले पनि केही भन्न नसकिने बताए। राज्य मन्त्री शशि पान्जाले गरेको टिप्पणी भूल हो भनी तिनले बताए।