दार्जीलिङ: पुसेम्बाङ चियाबगानमा हाम्रो पार्टीलाई समर्थन जनाउँनेहरूको घूइचो लागेको छ। सुकिया मानेभन्ज्याङ समष्टि अन्तर्गत पुसेम्बाङ चियाबगानमा हाम्रो पार्टीको सभा सम्पन्न भयो।आयोजित सभामा हाम्रो पार्टीको दार्जीलिङ महकुमा समिति अध्यक्ष पूरण तामाङ विशेषरूपमा उपस्थित रहेका थिए।त्यसरी नै अन्य नेतृत्वहरूमा रेशमा गुरूङ, राहुल गुरूङ, सुकिया मानेभन्ज्याङ समष्टि अध्यक्ष दीपेन राई, रजत प्रधान आदि उपस्थित रहेका थिए। त्यसरी नै पुसेम्बाङ चियाबगानका ए वी खुनाल,रमेश राई, वीर बहादुर घिसिङ,अमल छेत्री, सन्तोष तामाङ,राजेन थापा, नवीन छेत्री, सन्तोष थापा, महेन्द्र राई,चन्द्र बहादुर छेत्री नेतृत्वमा, ४० परिवारभन्दा धेरै समर्थकहरूले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितामाथि आस्था र भरोसा राख्दै पार्टीको झण्डा समाए।समर्थकहरूलाई हाम्रो पार्टीको नेतृत्वहरूले खदा लगाउँदै पार्टीमा स्वागत जनाए। हाम्रो पार्टीले आफ्नो गठनकालदेखि नै गोर्खा जातिको जातिय मुद्दा छुटटै राज्यको मांग संगसंगै क्षेत्रिय समस्याहरूलाई पनि आत्मसात गर्दै अघि बडदै आईरहेको छ। हाम्रो पार्टीका यी विषयहरूलाई मन पराउँदै अहिले हाम्रो पार्टीमा समर्थन जनाउँनेहरूको घुइचो लागेको छ। आयोजित सभालाई सम्बोधन गर्ने क्रममा पार्टीका नेतृत्वहरूले हाम्रो पार्टी भनेको जनताको पार्टी रहेेको बताउँदै जनताको हरेक समस्याहरूको समाधानको पक्षमा हाम्रो पार्टी सबैभन्दा अघि आउँनेछ भन्ने बताए।