मङ्पू: मङपु सार्वजनिक भवनमा आज १/१ गोर्खा राईफल्सको स्थापना दिवस भव्यताका साथ पालन गरियो। १/१ गोर्खा राईफल्सको स्थापना २४ अप्रेल १८१५ मा भएको थियो भने राईफल्सलाई जेठी पल्टन पनि भन्ने गरिन्छ। सुबेदार मेजर छबीलाल प्रधान अनि सुबेदार मेजर तेजबहादुर लेप्चाको नेतृत्वमा मङ्पू सार्वजनिक भवनमा १/१ गोर्खा राईफल्सको २०८औं स्थापना दिवस पालन गरियो। आजको कार्यक्रम धेरै सङ्ख्यामा भूपू सैनिकहरु उपस्थित रहेका थिए। भूपू सैनिकहरुले केक काटेर स्थापना दिवस भव्यताका साथ पालन गरे।