दिलिप घोषको बयानसित सहमत छुइन, टेक्निकली रूपमा गोर्खाल्याण्ड हुँदा बंगाल विभाजन हुँदैन तर डिमर्जको प्रोसेस मात्र हुन्छ: सासंद राजु विष्ट

IMG-20230424-WA0245.jpg

खरसाङ: दार्जिलिङका भाजपा सांसद एंव भारतीय जनता पार्टीको राष्ट्रीय प्रवक्ता राजु विष्टले दिलिप घोषको बयानसित सहमत छुइन भनी बताएका छन्। उनले आज खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको शिवखोलामा आएर पत्रकारहरूसित कुराकानी गर्दै दिलिप घोष भाजपाको राष्ट्रीय उपाध्यक्ष हुन्। तर उनी यहाँ आएर जे बयान दिएका छन् त्यो बयानसित सहमत छुइन। त्यो पार्टीको लाइन होइन। पार्टीको लाइन भनेको लिखित रूपमा दिएको संकल्प पत्र हो जुन संकल्प पत्र भनेको भाजपाको कमिन्टमेन्ट हो र त्यो नै अफिसियन लाइन हो भनी बताएका छन्। सांसद राजु विष्टले पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिन्दै भने, दिलिप घोषजीलाई भन्न चाहान्छु कि मैले उनलाई केही मागेको छुइन अनि दार्जिलिङको जनताले पनि केही मागेको छैन। टेक्निकली घोषले बंगाल विभाजन हुँदैन भने अनि म पनि बंगाल विभाजन चाहादिनँ कारण गोर्खाल्याण्ड हुँदा बंगाल विभाजन हुँदैन। टेक्निकली भन्न पर्दा हामी बंगालसित मर्ज भएका थियौं र गोर्खाल्याण्ड बनिन्दा डिमर्ज हुने प्रोसेस मात्रै हो।’
सांसद राजु विष्टले दिलिप घोषको बयानमाथि अनित थापाको टिप्पणी विषयमा बोल्दै भने, अनित थापाले दिलिप घोषले साँचो बोले र यस्तो नेता चाहिन्छ भनी बताएका थिए जसले गर्दा दिलिप घोषको बगानले आघात पुगेन तर आफ्नै दाजुले यस्तो बयान दिन्दा आघात पुगेको छ। दिलिप घोषक बयानलाई समर्थन गरेर गोर्खा जातिलाई धोका दिएको छ। अनित थापाको त्यस्तो बयानले उनी गोर्खाल्याण्ड विरोधी हुन् भनी स्पष्ट भएको छ र जीटीएको पहिलो सभामा गोर्खाल्याण्ड बील ल्याउनु पनि जनताको आँखामा धूलो हाल्नु मात्र हो। त्यसैले दिलिप माफी मागोस् नमागोस् तर अनित थापाले माफी माग्नुपर्छ।’
विभिन्न प्रश्नहरूको उत्तर दिन्दै सासंद राजु विष्टले अझ भने, ‘गोर्खाले सोचेको सपना अवश्य पूरा हुन्छ। कसैले रोक्न सक्दैन। गोर्खाल्याण्डको लागि हामी सबैजना एकजुट हुन आवश्यक छ। किनभने हामीलाई अलग अलग गर्नलाई कोलकोताबाट नेताहरू आईरहेछ। तर भारत सरकारले बुझिसकेको छ। गोर्खाको समस्या समाधानको लागि गुप्त तरिकाले कार्य भईरहेको छ। स्थायी राजनैतिक समाधान र ११ जातले जनजातिको मान्यता पनि अवश्य पाउनेछ।’
सांसद राजु विष्टले पञ्चायत चुनाव बोल्दै भने, चुनाव आउनु लाग्यो भनेर आउँदा मात्र म आएको होइन। मलाई गाउँहरूतिर जानु राम्रो लाग्छ भनी बताएका छन्। पञ्चायत चुनावमा भाजपा राजनैतिक पार्टी भएकोले चुनाव लड्नेछ।’ गठबन्धन दलहरू विषयमा बोल्दै सांसद राजु विष्टले भने, दुईवटा मुद्दालाई लिएर हाम्रो गठबन्धन हो तर अन्य पार्टीको क्रियाकलाप गर्न पाउँछ। कुनै पनि प्रतिक्रिया दिन पाउँछन्।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement