सिलगढी: नयाँ जलपाईगुडी थानाको पुलिसले हिजो राती सिलगढी सहरको छेउमा रहेको फुलबारीबाट १९ वटा भैंसी सहित १४ चक्के गाडी जफ्त गरेको छ। पुलिस स्रोतका अनुसार, ती भैँसीहरू बिहारबाट तस्करी गरेर ल्याइएको हो। गाडीका चालकलाई पुलिसले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका गाडी चालकको नाम मोहम्मद हुसेन हो। उनको घर बिहार हो। आरोपीलाई सोमबार जलपाईगुडी अदालतमा पेश गरियो।