आजदेखि रंगमुक सिडर्स चियाबारी भयो बन्द

IMG-20230424-WA0200.jpg

सोनादा: आजदेखि रंगमुक सिडर्स चियाबारी बन्द भएको छ। रंगमुक चियाबारीमा मालिकवर्गले आज एउटा नोटिस जारी गरी बगान लक आउट गरेर बगान बन्द भएको घोषणा गरेका छन्। रंगमुक सिडर्स चियाबारीमा विगत १५ अप्रेलदेखि श्रमिकहरूले धरणा प्रदर्शन गर्दै आएका थिए। रंगमुक सिडर्स चियाबारीका श्रमिकहरूले विगत दुई खर्च र तीन महिनादेखि वेतन पाएका छैनन्। श्रमिकहरूले लगातार रूपमा धरणा प्रदर्शन गरिरहेका छन् भने यसैबीच बगान मालिकले आजदेखि बगान लक आउट भएको घोषणा गरेका छन्। रंगमुक सिडर्स चियाबारी रोयल रुबी प्राईवेट कम्पनीले सञ्चालन गर्दै आईरहेका छन्। मालिकले बगान बन्द भएको भन्दै जिल्ला शासक, जिल्ला पुलिस अधीक्षक, बीडीओ, आईसी सदर, सोनादा पुलिस आउट पोष्ट, सबै पार्टीको युनियनको सभापतिहरू, सह श्रम आयुक्तलाई पनि नोटिसको कपि पठाइएको जानकारी प्राप्त भएको छ। रंगमुक सिडर्स चियाबारी बन्द भएको विषयमा बगानको मालिकसित फोनमा जान्न चाहादा रंगमुक सिडर्स चियाबारीको मालिक सुशिल मित्रुकाले यहाँ वर्क कल्चर नै ठीक छैन अनि तयार भएको चियापत्ती पनि बिक्रीमा जानु भएको छैन। तयार भएको चियापत्ती गयो भने पो श्रमिकहरूलाई दिने खर्च आउँछ भनी बताएका छन्। उनले यहाँको वर्क कल्चर ठीक भए अनि तयार भएको चियापत्ती बिक्री गर्न लानु दिए अहिले नै बगान खोल्न तयार छु भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement